नियम १६
बैङ्क जमानतबाट महसुल असुल गर्ने र धरौटी सदरस्याहा गर्ने
(१) नियम १० वा ११ बमोजिम मालवस्तु पैठारी गर्ने व्यक्तिले नियम १२ मा उल्लेख भएका शर्तहरू पालन नगरेमा र नियम १४ बमोजिम निवेदन नदिएमा त्यस्ता व्यक्तिले बैङ्क जमानत राखेको रहेछ भने बैङ्क जमानतबाट लाग्ने महसुल असुल गरिनेछ र धरौटी राखेको रहेछ भने लाग्ने महसुल धरौटी रकमबाट सदरस्याहा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम बैङ्क जमानतबाट महसुल असुल गर्दा पैठारी भएको मालवस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरी भन्सार महसुल ………. समेत असुल गरिनेछ ।
(३) नियम १५ को उपनियम (२) बमोजिम आंशिक रूपमा मात्र मालवस्तु प्रयोग भएकोमा प्रयोग नभएजति मालवस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत समेत थप गरी भन्सार महसुल ………. समेत पैठारीकर्ताले राखेको बैङ्क जमानतबाट असुल गरिनेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि धरौटीबाट सदरस्याहा गरी महसुल असुल गर्दा वा करमुक्त पसलले निर्धारित म्यादभित्र मालवस्तु बिक्री नगरेको कारणले बैङ्क जमानत वा धरौटीबाट महसुल असुल गर्दा भन्सार महसुल …….. मात्र असुल गरिनेछ ।